3 years ago
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हाइ भोल्टेज टिमले तेस्रो संस्करणको नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अन्तरगतको पब्जीतर्फको उपाधि जितेको छ ।

नेपाल ईस्पोर्टस् संघको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवस कुमार श्रेष्ठको हाइ भोल्टेजले डीआरएस गेमिङलाई पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको छ । फाइनलमा टिम तेन्जुकु ग्याङलाई हराउँदै बेडोज च्याम्पियन बनेको हो । यस टोलीमा अभिनव शाक्य, प्रज्वल विष्ट, रमण श्रेष्ठ, सिसन कार्की र लुजा महर्जन रहेका थिए ।
सिएस गोतर्फको उपाधि टिम लेजनले जितेको छ । यस टोलीमा अभियान गौतम, आरम्भ अधिकारी, रियल सिंह, औरास कोइराला, स्वर्णिम शाक्य र सौरब डंगोल रहेका थिए । टिम ख्याक उपविजेता रह्यो ।
एमएलबिबीको उपाधि आयुस राई, याबेश सुनुवार, कबिन कार्की, सुदेश राई र किशोर गुरुङ रहेको टिम एभेन्जर्सले जितेको छ । टिम पिङपोङ उपविजेता बन्यो । त्यस्तै टेकेन ७ को उपाधि दुर्गेश घर्ति मगरले हात पारे ।
विजेताले ईन्डोनेसियाको बालीमा आयोजना हुने १४औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ का लागि दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोटमा सहभागिता जनाउने छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]