default_image

3 years ago

July 11, 2022

काठमाडौं टिम च्याम्पियन

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरले ८ स्वर्ण र २ रजत हात पा¥यो ।

तेक्वान्दो
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोमा काठमाडौं सोमबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र १ कांस्यसाथ काठमाडौं टिम च्याम्पियन बन्यो । प्रतियोगितामा १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ ललितपुर दोश्रो भयो । तेश्रो स्थानको काभ्रेले १–१ स्वर्ण, रजत र कांस्य हात पारे ।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा काभ्रेका किरण तामाङ तथा महिलामा ललितपुरकी समता जिरेल उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत आईओएफटीसीका निर्देशक दिवाकर महर्जन र तेक्वान्दोका प्रेम भुजेललाई प्रशंसा पत्रसहित सम्मान गरे ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.