3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेको छ ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरले ८ स्वर्ण र २ रजत हात पा¥यो ।
तेक्वान्दो
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोमा काठमाडौं सोमबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र १ कांस्यसाथ काठमाडौं टिम च्याम्पियन बन्यो । प्रतियोगितामा १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ ललितपुर दोश्रो भयो । तेश्रो स्थानको काभ्रेले १–१ स्वर्ण, रजत र कांस्य हात पारे ।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगिताको पुरुषमा काभ्रेका किरण तामाङ तथा महिलामा ललितपुरकी समता जिरेल उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत आईओएफटीसीका निर्देशक दिवाकर महर्जन र तेक्वान्दोका प्रेम भुजेललाई प्रशंसा पत्रसहित सम्मान गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]