3 years ago
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले नेपालले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा सुखद सुरुवात गर्नुपर्ने बताएका छन् ।

१९औं एशियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण पुरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा मन्त्री गहतराजले यस्तो बताएका हुन् ।
‘एशियाली खेलकुदलाई तयारी गर्न अझै एक बर्षभन्दा बढी समय छ यो हाम्रो लागि तयारी गर्ने सुखद अवसर हो ।’ मन्त्री गहतराजले भने, ‘१९औं एशियाली खेलकुदका लागि सुखद नतिजाका लागि अहिले विनियोजित तयारी बजेटलाई बढाउन सकिने छ ।’
सिंहदरवारले खेल नबुझेको भन्दै खेल एक विज्ञान भएको र खेल शिक्षामा परिवर्तन गर्दै स्कुल स्तरबाटनै खेलकुदलाई विकास गर्नुपर्ने भन्दै सिंहदरवारलाई खेल बुझाउनु पर्ने थपे ।
खेल विश्वबिद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ सोच अगाडि बढेको बताए । खेल विकासका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडी बढेको र भएका पूर्वाधारलाई प्रार्थमिकताका साथ अगाडी बढाउने लक्ष्य रहेको बताए ।

खेलाडीको मनोबल बढाउने उद्धेश्यले पुरस्कार सम्मान बढाउनेतर्फ अग्रसर रहेको र राष्ट्रबाट प्रदान गरिने पदकहरु खेलाडी र प्रशिक्षकहरुले प्राप्त गर्ने आधार तयार गरिने र खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानूनी प्रावधान बनाएर पुरस्कार राशीको निर्धारण गरिने बताए ।
मन्त्री गहतराजले एशियन गेममा स्वर्णपदक प्राप्त गर्ने खेलाडीले ३२ लाख ५० हजार, रजत १९ लाख ५० हजार र कास्य पदकलाई १३ लाख प्राप्त गर्ने कानूनत रुपमा निर्णय हुने र अन्य प्रतियोगितामा पनि त्यही अनुरुप प्राप्त गर्न सक्ने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एशियाली खेलकुदमा अहिलेसम्म अपेक्षित सुखद नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजातर्फ अग्रसर हुने र त्यसका लागि खेलाडीहरुले पनि गम्भीर भएर लाग्नु पर्ने बताए ।
मन्त्री श्रेष्ठले राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । परिषदका उपाध्यक्ष शिव कोईरालाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने क्रममा हरेक बिजयहरु थकाई मार्नका लागि नभई नयाँ उचाई लिनका लागि रहेको बताए ।
पुनतार्जगी कार्यक्रमले खेलाडीहरुलाई अझ खारिएर अगाडी बढाउन सक्षम हुने भन्दै परिषदले सोचेको परिणाम खेलाडीहरुले दिनेमा बिश्वस्त रहेको बताए । उनले खेलाडीहरुलाई पदक हासिल गरेर यो भन्दा भब्य कार्यक्रममा सरिक भएको हेर्न चाहेको बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एशियन गेममा नेपाली खेलाडीहरुले सुन्दर परिणाम प्राप्त गर्नेमा बिस्वस्त रहेको बताए ।
नेपाली खेलाडीहरु हरेक समय सेनाजस्तै तयारी अवस्थामा रहनुपर्ने भन्दै त्यसैका लागि अहिलेको प्रशिक्षण सुरु भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले एशियन गेमका लागि अझै १ बर्ष बढि बाँकी रहेको भन्दै यो समयमा विभिन्न प्रतियोगिता आयोजना हुने भन्दै खेलाडी त्यसका लागि सदा तयार रहनुपर्ने बताए ।
खेलाडीहरुले १४ महिना नभई १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षमा लाग्नुपर्ने उनले बताए । उनले एशियाली खेलकुदका लागि यो छनौट नै अन्तिम नभएको भन्दै विभिन्न चरणका छनौट पार गरेर एशियन प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुने बताए ।
विभिन्न अन्तराष्ट्रिय खेल प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउने भन्दै त्यसबाट प्राप्त नतिजालाई आधार बनाउँदै अन्तिम छनोट गरिने र निरन्तर प्रशिक्षण संचालन हुने बताए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]