default_image

3 years ago

August 1, 2022

छानविन समितिले प्रतिवेदन बुझायो

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नारायणी रंगशाला जग्गा मुआब्जा एवम् सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङसमक्ष प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन् । राखेपले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेकोमा राखेपको ९३औं बोर्ड बैठकबाट उपरोक्त जग्गाहरु सट्टापट्टा गर्ने निर्णय भएको थियो ।

उक्त निर्णय बमोजिम जग्गाको मुआब्जा वा जग्गा बराबरको सट्टापट्टा गर्न जग्गाधनीहरुसँग आवश्यक छलफल र वार्तासमेत भएको छ ।

सम्वन्धित निकायसँग आवश्यक समन्वय गरि ठोस प्रस्तावसहित १५ दिन भित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद जियाउल स्लाम सदस्य रहने गरि गत असार ६ गतेको निर्णयानुसार २ सदस्यीउ नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमिती गठन गरेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.