default_image

3 years ago

August 6, 2022

अरहान्त र कृष्णा च्याम्पियन

658 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र कृष्णा थापा मगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

अरहान्त पुरुष खुल्लातर्फ तथा कृष्णा महिला एकलतर्फको च्याम्पियन बनेको हो । अरहान्त र कृष्णा गत असारमा ओलम्पिक दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगरलाई ११–४, ११–७ र ११–६ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । अमिर ब्लोन र दीपक थापा संयुक्त रुपमा तेस्रो भए ।

सन् २०१६ देखि उपाधि जित्न थालेको अरहान्त धनलक्ष्मीमा लगातार चौथोपटक च्याम्पियन बनेको हो । यस्तै अरहान्तले ओलम्पिक डेको अवसरमा आयोजना भएको सबै तीन संस्करणमा उपाधि जित्न सफल भएको थियो ।

यस्तै उनले राखेप च्याम्पियनसिप र पिआरसी स्क्वास प्रतियोगिता समान एक पटक जितेका छन् । अरहान्त सन् २०१९ मा मलेसियामा भएको एसियन इन्डिभिजुअल च्याम्पियनसिपमा थाइल्यान्डलाई पराजित गर्दै दोस्रो चरणमा छनोट हुने एक्लो नेपाली खेलाडी हुन् ।

महिला एकलमा कृष्णाले विपना ब्लोनमाथि समान ११–७, ११–७ र ११–७ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । कृष्णाको यो चौथो उपाधि हो । यसअघि कृष्णाले लुम्बिनी च्याम्पियनसिप, आठौं राष्ट्रिय खेलकुद र गत महिना ओलम्पिक डे च्याम्पियनसिपको उपाधि जितेकी थिइन् । भावना सुनुवार र स्वस्थानी श्रेष्ठ संयुक्त रुपमा तेस्रो भइन् ।

जुनियर ओपन ब्वाइजमा बिकास मगरले गोपाल थापालाई ८–११, ११–२, ११–९ र ११–८ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । पासाङ लामा र सलिम थापामगर तेस्रो भए ।

यसैगरी मास्टर्स ५० वर्षमाथि सुदिव सिंहले प्रज्वल प्रकाश प्रधानलाई ११–५, ११–१३, ११–७ र ११–६ ले पराजित गर्दै उपाधि जित्न सफल भए । दिलिप अधिकारी र धिर पुन तेस्रो भए । राज महर्जनलाई ११–७, १२–१० र १४–१२ ले पराजित गर्दै प्रयाग जोशी प्लेटतर्फको च्याम्पियन बने । कमल शाक्य र जुनिल शाक्य तेस्रो भए ।

पुरुष एकलको विजेता अरहान्तले शिल्डसँगै २५ हजार, दोस्रो भएको अमृतले १५ हजार र तेस्रो भएका अमिर र दीपले समान १० हजार रुपैयाँ हात पारे । महिला एकलको विजेता कृष्णाले शिल्डसँगै २० हजार, दोस्रो भएकी विपनाले १० हजार र तेस्रो भएका दुई जना भावना र स्वस्थानीले समान ५ हजार रुपैयाँ हात पारिन् ।

जुनियर ओपनको विजेता विकासले १० हजार प्राप्त गरे । जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय रुपैयाँ प्रदान गरिएको थियो । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिने संघले जनाएको छ ।मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथिको विजेता प्रज्वल र प्लेट च्याम्पियनसिपको विजेता प्रयागले ट्रफी हात पारे ।

विजयी खेलाडीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन, नेपाल ओलम्पिक कमिटिकी महासचिव निलेन्द्र राज श्रेष्ठ र नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन लगायतले पुरस्कृत गरे ।

संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा साउन १६ गतेबाट भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको थियो । प्रतियोगितामा १ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.