3 years ago
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ ।

सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् २०२१ देखि अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाउने गर्दछ ।
आईबाले वर्ष २०२२ लाई ‘अफ्रिकाको वर्ष’ को रूपमा घोषणा गर्दै किन्शासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्शासा शहरमा यो कार्यक्रम मनाउने निर्णय गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल भएको, सन्तोषजनक नतिजा ल्याउन सफल भएको र स्वयम् अध्यक्षले आफ्नो व्यक्तिगत खर्च गरि बक्सिङ खेल विकास र विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद समेत व्यक्त गरे ।
साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०१७ देखि आईबालाई लगाएको प्रतिबन्ध एथाबत रहेको जानकारी गराउदै आउदो पेरिस ओलम्पिक सन् २०२४ मा बक्सिङ खेलको सहभागीता सुनिश्चितताको लागि आईबाले मेहनत गर्नुपर्ने बताए ।
संघका अध्यक्ष राम अवालेले खेलाडी तथा खेलप्रेमीलाई उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकनमना व्यक्त गरे । कार्यक्रममा उल्लेख्य रुपमा बक्सिङ खेलाडी, पदाधिकारी, प्रशिक्षक, पुर्व खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]