3 years ago
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थिति आजबाट अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको हो ।
बागमती प्रदेशका अभिभावक युवा तथा खेलकुद मन्त्री माननीय रत्न प्रसाद ढकालले खेलाडीहरुलाई खेलमै उज्वल भबिस्य देख्ने वातावरणको सृजना गर्न प्रतिबद्ध रहेको र नवौँमा प्रथम हुने खेलाडीलाई मासिक भत्ता बापत छ हजारको दरले उपलब्ध गराउने समेत बताउदै सहभागी सबै खेलाडीहरुलाई उज्वल खेल जिवनको शुभकामना व्यक्त गरेका थिए ।
आज सम्पन्न भएको अन्तिम चरणको सेमिफाइनल खेलहरुमा महिला तर्फ ५० केजीतौल समुहमा रामेछापकी रेजिना रन्जितकारको विरुद्ध काभ्रेकी प्रतिष्ठा अर्यालले ५-० अङ्कमा जित हासिल गरिन । त्यस्तै, पुरुष तर्फ ५४ केजी तौल समुहमा ललितपुरका आर्यन थापाको विरुद्ध मकवानपुरका सुदेश मानन्धरले ५-० अङ्कमा जित हासिल गरे ।
पुरुष ६० के जी। तौल समुहमा दोलखाका अनिस घिसिङको विरुद्ध रसुवाका सुलभ मालीले ५-० अङ्कमा जित हासिल गरे । सोही तौल समुहमा मकवानपुरका एनिस पुलामीको विरुद्ध काठमाडौंका मार्शल गुरुङले ५-० अङ्कमा जित हासिल गरे । भने ६३।५ केजी तौल समुहमा ललितपुरका सागर दर्जीको विरुद्ध काठमाडौंका मनिस श्रेष्ठले ५-० अङ्कमा जित हासिल गरे ।
आज सम्पन्न भएको फाईनल खेलहरुमा पुरुष तर्फ ५१ केजि तौल समुहमा उमंग केसीको विरुद्ध काभ्रेका लाल प्रसाद उप्रेतीले ५-० अङ्कमा जित हासिल गरे । ५७ केजी तौल समुहमा ललितपुरका सुयल ढंगोलको विरुद्ध काठमाडौंका सुरोज महर्जनले वाकओभरको आधारमा जित हासिल गरे ।
प्रदेश छनौट समितिका प्राविधिक संयोजक नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मान बहादुर भण्डारीका अनुसार उक्त अन्तिमचरणको छनौट प्रतियोगितामा प्रथम प्रदेश खेलकुद –२०७८ मा प्रथम र दितिय हुने खेलाडी, एसियन खेलमा सहभागी भै बन्द प्रशिक्षणमा रहेको खेलाडीहरु र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सहभागी भएका छन् ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]