3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध शान्ति क्लबले दोस्रो संस्करणको बाल दिवस कप यू१३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोदावारीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शनिबार भएको खेलमा बन्देस पुर क्लबलाई १–० ले पराजित गर्दै बुद्ध शान्ति क्लबले उपाधि जितेको हो ।
विजेता बुद्ध शान्तिका रियाज तामाङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । आयोजक नमुनाका सुशान्त तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उनले पनि ट्रफी हात पारे ।
विजयी टोली तथा खेलाडीलाई गोदावारी नगपालिका ३ का वडा सदस्य तथा महिला तथा बालबालिका संयोजक संगिता तामाङ र गोदावारी नगरपालिका ३ का वडा सदस्य तथा खेलकुद संयोजक दीपक लामालगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

नमुना युथ क्लबको आयोजनामा भएको एक दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितालाई समाजसेवी सुमन नगरकोटले मुख्य प्रायोजन, क्रेसनट एकेडमी स्कुलले प्रमाण पत्र तथा अन्य प्रायोजन तथा सेन्ट जेभियर स्कुलको पनि प्रतियोगितालाई सहयोग गरेको थियो ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]