3 years ago
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले सर्र्वाेत्कृष्ट खेलाडीको अवार्डसँगै २५ हजार रुपैयाँ हात पारेका छन् ।
यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए । कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा १३औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता जुनी राई, दीपक हमाल, विजय सिंजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरलाई नगद १० हजारसहित सम्मान गरिएको होे । यसैगरी सागका विभिन्न संस्करणका स्वर्ण विजेतासँगै १३औं सागका रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो । यस्तै १३औं सागमा सहभागी प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साताव्यापी डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । डिप्लोमा कोर्समा महिलातर्फ कैलालीकी पुष्पा कुँवर र पुरुषतर्फ नुवाकोटका राजीव तामाङ उत्कृष्ट घोषित भएका थिए । यस्तै जर्ज सेमिनारमा नुवाकोटकी मीना ग्लान र मोरङका अजय बुढाथोकी उत्कृष्ट बनेका थिए । अवार्ड कार्यक्रममै डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहयोग पु¥याउने निर्णायकसँगै स्वयंमसेवक प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पाछिरिङ लामालगायतले सम्मान गरेका थिए ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]