1 year ago
September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दुई हफ्ता मात्र बाँकी रहेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कही केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरुलाई निर्देशन दिएको छ । नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरु, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दुई हफ्ता मात्र बाँकी रहेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कही केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरुलाई निर्देशन दिएको छ ।
नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरु, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले सो निर्देशन दिएका हुन् । प्रतियोगिता शुरु हुनु अगाडि संघहरु, कार्यकारी समिति र उपसमितिहरुबीचको काम कारवाही विच तालमेल र समन्वय गर्नका निम्ति अन्तरक्रिया कार्यक्रम राखिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव तथा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अब कुनै वाधा अवरोध नभएकोले संघहरुलाई उत्कृष्ट ढंगले खेल सञ्चालन गर्न आग्रह गरे । नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलको सञ्चालनको जिम्मा ३६ खेल संघहरुलाई दिइएको छ ।
जसका निम्ति प्रत्येक खेल संघहरुलाई रकम पनि छुट्याइएको छ । सदस्य–सचिवले नवौं राष्ट्रियका लागि तीब्र गतिमा काम भइरहेको बताँउदै खेलाडी विमा, प्रत्यक्ष प्रसारणको व्यवस्था, ब्यवस्थित सूचनाको लागि राखेपको एप तथा वेवसाइट निर्माण गरिसकिएको बताए ।
त्यस्तै नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरले देशभर खेलकुदको माहोल श्रृजना भएको पनि उनले बताए । संघहरुको जिज्ञासा र त्यसको समाधानको लागि लामो समय छलफल भएको थियो ।
सहभागी खेल संघका प्रतिनिधिहरुले खेल सामाग्री, खेलस्थल, बजेट, निर्णायकको कोटालगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]