3 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएको छ ।

समूह ‘ए’ बाट गण्डकी र विभागीय आर्मीले सेमिफाइनलमा स्थान बनाउँदा समूह बी बाट एपिएफ र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएका छन् । एपिएफ समूह विजेता र लुम्बिनी उपविजेताको रुपमा अघि बढेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा समूह ए को अन्तिम खेलमा दुबैले २७÷२७ को बराबरी खेल्यो । बराबरी खेलेसँगै दुबैले समान १० अंक बटुलेको छ ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १४–१४ गोलको बराबरीमा सकिएको थियो । खेलमा गण्डकीका दिनेश श्रेष्ठ, बासु गुरुङ तथा प्रेम गुुरुङले आर्मीका यामबहादुर पुनमगर र निर्मलबाबु श्रेष्ठले समान सर्वाधिक ६-६ गोल गरेका थिए ।
यता, महिलातर्फ समूह ए बाट एपीएफ र गण्डकी तथा समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा एपीएफ र प्रदेश–१ तथा आर्मी र गण्डकीबीच खेल हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]