default_image

2 years ago

October 17, 2022

रित र ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

145 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युवा ओपनर रित गौतम र कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा काठमाडौंबाट नुवाकोटविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् ।

लगातार दोस्रो जित निकाल्ने क्रममा काठमाडौंले नुवाकोटलाई ८२ रनले पराजित गर्यो । मुलपानी मैदानमा टस जितेर काठमाडौंले लगातार दोस्रो पटक ब्याटिङ रोज्दै ४० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो ।

काठमाडौंका ओपनर रित गौतमले ९६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ८० रन बनाए । पहिलो खेलमा शतक हानेका ज्ञानेन्द्र मल्ल्ले ३८ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्लले पहिलो खेलमा भक्तपुरविरुद्ध ९८ बलमा ६ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेलेका थिए । तल्लोक्रमका सोनु देवकोटाले १८ बलमा ४ छक्कासहित र १ चौकासहित ४० रनमा अविजित रहे ।

ओपनर ईशान पाण्डे २५, रोविन जोशी २, उत्तम थापा १२ र प्रतिश जि.सी. १७ रन बनाए । नुवाकोटका सुवास विकले ८ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । आयुष बस्नेतले दुई विकेट लिए ।

जितको लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नुवाकोट ३८.३ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।नुवाकोटका अशोक पौडेलले ६० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

ओपनर पवनराज १६, राजेश रिमाल १७, रोशन विक २७ र दीनेश सुवेदी ११ रन बनाए । काठमाडौंका दीपक महतो र अरियो पौडेलले तीन तीन विकेट लिए । सोनु देवकोटा दुई र प्रतिश जि.सीले एक विकेट लिए ।

त्यस्तै अर्को खेलमा मकवानपुरले चितवनलाई ६ विकेटले पराजित गर्यो । मुलपानीमा पहिला ब्याटिङ थालेको चितवन ३८.४ ओभरमा ९३ रनमा अल आउट भयो ।

चितवनका इकवालले ४३ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । कृजन गुरुङ ५० बल खेल्दै १ चौका र १ छक्कासहित २० रन बनाए । एक समय ४७–८ को अवस्थामा पुगेको चितवनलाई तल्लोक्रमका ब्याटरले इनिङ उकासेका थिए ।

मकवानपुरका रिजन ढकालले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रामनरेश गिरीले ८ ओभरमा २ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । असिम श्रेष्ठले दुई विकेट लिए ।

जितको लागि ९४ रनको विजयी लक्ष्य मकवानपुरले २५.५ ओभरमा पूरा गर्यो । उसका लागि सुभ कसंकारले २४, सुमन सुनार ११ र विशाल फुँयालले २० रन बनाए । चितवनका चितवनका दीनेश इकबाल र बाबुराम भट्टाराइले दुई दुई विकेट लिए ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.