3 years ago
October 17, 2022
नवलपुर (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल आर्मीले सेपाकताक्रोमा थप एक स्वर्ण पदक हात पारेको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको सेपाकताक्रोमा आर्मीले सोमकार थप एक स्वर्ण पदक हात पारेको हो ।

सेपाकताक्रोको रेगु विधा अन्र्तगत विभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेशको महिला टिमलाई टिमलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण हात पारेको हो । आर्मीका लागी चन्दा चौधरी, सुमिना डंगोल, इनु चौधरी, सोममाया थापा मगर र स्वस्तिका श्रेष्ठको टोलीले स्वर्ण दिलाइन् ।
रेगु महिलातर्फको कास्य पदक सुदुर पश्चिमलाई २–० को सोझो सेटमा हराउदै वाग्मतीले हात पारेको छ । बाग्मतीका लागि उषा महर्जन, रुथकुमारी श्रेष्ठ, कमला दर्जी, लाक्पा जाङमु शेर्पा रनेहा श्रेष्ठको टोलीले कास्य दिलाएका छन् ।
रेगुको पुरुषतर्फको फाईनल प्रतिस्पर्धा बुधबार गराईने भएको छ । रेगु पुरुषतर्फको फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुनेछ । रेगु पुरुष्तर्फको कास्य पदक भने लुम्बिनी प्रदेशलाई २–०को सोझो सेटमा हराउदै प्रदेश नं १ ले जितेको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]