3 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् ।
उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५.४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

जारी नवौंमा उनको यो तेस्रो स्वर्ण हो । उनले यसअघि महिला ४ सय मिटर हडल्र्स र १ सय मिटर हडल्र्समा स्वर्ण जितेकी थिइन् । ५.४९ मिटर जम्प गर्दै लुम्विनीकी निशा चौधरीले रजत तथा एपिएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य जितिन् ।
पुरुषतर्फ एपिएफका सलिम देवानले २३ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले ७.०६ मिटर जम्प गर्दै स्वर्ण जित्न सफल भए । यसअघि सन् १९९९ मा पाकिस्तानमा भएको स्पर्धामा कृष्ण बहादुर गिरी ७.०० मिटरको कीर्तिमान राखेका थिए ।

आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक तथा गण्डकीका नारायण चौधरीले ६.८२ मिटर कास्यपदक जित्न सफल भए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]