default_image

3 years ago

October 18, 2022

एपिएफ र पुलिस महिला भलिबलको फाइनलमा

430 views

0 Bookmark

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् ।

म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को सेटमा पूनरागमन जित निकाल्यो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २३–२५ ले गुमाउन पुगेपनि त्यसपछिको तीनै सेट एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा २५–२३ को जित निकालेको एपिएफले त्यसपछिको दुई सेटमा २५–२२ र २५–१६ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना वुमन्स अफ दि म्याच घोषित भइन् ।

अर्काे सेमिफाइनलमा पुलिसले घरेलु टोली गण्डकी प्रदेशमाथि २५–१०, २५–१० र २५–११ ले हराएर फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसकी कामना विष्ट वमन्स अफ दि म्याच घोषित भइन् ।

फाइनल बुधबार हुनेछ । बुधबार नै तेस्रो स्थानको लागि बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.