default_image

3 years ago

October 18, 2022

पौडीमा आर्मी टिम च्याम्पियन

347 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो ।

एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो ।

अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले रजत तथा बागमती प्रदेशकी टिसा महर्जनले कास्य जितिन् ।

पुरुष ४ सय मिटरमा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत तथा एपिएफका सुरेन बहादुर सिंहले कास्य जिते । महिला १ सय मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्णपदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरिन् । आर्मीकै उपास्थी मर्हजनले रजत तथा पुलिसकी अदिप्सा वैद्यले कास्य पदक जितिन् ।

पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमालले १ मिनेट ७.९३ सकेण्डमा पुरा गर्दै कीर्तिमानी स्वर्ण जिते । आर्मीका नासिर हुसेनले रजत तथा एनआरएनका आशिष सापकोटाले कास्य पाए ।

पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डको कीर्तिमानसहित स्वर्ण जिते । आर्मीका अनुभव सुब्बाले रजत तथा एपिएफका सुरेन्द्र बहादुर सिंहले कास्यमा चित्त बुझाए ।

महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका एस्ली सापकोटा डंगोलले स्वर्ण जितिन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्मीकी गौरिका रजत तथा आर्र्मीकै अनुसैया तन्डुकारले कास्य जितिन् ।

पुरुष ५० मिटर पुरुष फ्रि स्टाइलमा आर्मीका अलेकजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरि पुरा गर्दै स्वर्ण पदक जिते । पुलिसका शांखबहादुर रघुवंशीले रजत तथा एपिएफका तेन्जिङ नाम्दी रयान गरुङले कास्यपदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

दुवाना लामाले ९ स्वर्ण, १ रजतसहित १० पदक जितिन् । नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् ।एनआरएनकी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, २ रजतसहित ८ पदक र आर्मीकै गौरिका सिंहले ५ स्वर्ण, १ रजतसहित ६ पदक जितिन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.