3 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिसका विकास थापाले भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै स्वर्ण जिते ।

मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ९५ केजी गरी कुल १८३ भार उठाउँदै रजत जिते । कास्य जितेका सुदूरका नरेशले स्न्याचमा ७७ र क्लीन एण्ड जर्कमा ९७ केजी गरी कुल १७४ केजी भार उठाए ।
महिला ७६ केजीमा पुलिसकी पूजा कुमालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १७१ केजी भार बहन गर्दै स्वर्ण हात पारिन् । गण्डकीकी सरस्वती गुरुङले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२३ केजी भार बहन गर्दै रजत जितिन् । कास्य पदक जितेका पुलिसकी सजना थिंङ लामाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२२ केजी भार बहन गरिन् ।
महिला ८१ केजी तौल समूहमा पुलिसकी तारादेवी पुनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । यो स्पर्धामा यसअघि लक्ष्मी बलमे १३औं दक्षिण एसियाली खेलकुद सागमा स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
तीन वटा कीर्तिमान बनाएकी तारादेवी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनले २०५५ मा मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जितेकी थिइन् ।
नेपाल पुलिसमा अनुबन्ध भएयता भारोत्तोलन खेल्न थालेकी उनले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन् । १०० किलो भन्दा बढी भार वहन गर्ने उनी एकमात्र नेपाली महिला खेलाडी हुन् । एपिएफकी अञ्जली श्रेष्ठले रजत तथा सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । एपिएफकी अञ्जली श्रेष्ठले रजत तथा सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् ।
पुलिसकी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा कीर्तिमान बनाइन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी भार वहन गरिन् ।
एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । पुलिसकी सरस्वती पुरीले कास्य जितिन् । महिला ६४ केजीमा आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै स्वर्ण जितिन् ।
पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् । आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । हालसम्मको नतिजामा पुलिसले ८ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]