3 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद महिला हक्कीमा स्वर्ण पदक जितेको छ । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा बुधबार भएको फाइनल गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो ।

टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सितामाया बलले गोल गरे । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलको नवौं मिनेटमा सरस्वती तामाङको गोलबाट आर्मीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि गण्डकीकी सबिना पुन राना बराबरी गोल फर्काएकी थिइन् ।
सुदूपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल हराउँदै तेस्रो स्थान प्राप्त गरेको छ । सुदूरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । महिला हक्कीमा ७ टोलीको सहभागिता थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]