default_image

3 years ago

October 20, 2022

जुडोमा आर्मी च्याम्पियन

496 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ ।

आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।

नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत र ८ कास्य पदक जित्यो ।

वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ ।

सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १÷१ कास्यमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।

पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण, वागमती प्रदेशका सचिन वाइवा लामाले रजत, एनआरएनएका विकास विक र नेपाल आर्मीका दिपक बस्ताकोटीले कास्य पदकमा चित्ता बुझाए ।

६६ केजीमुनि तौल समूहमा नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण, नेपाल आर्मीका कर्मा तामाङले रजत पदक, आर्मीकै किरण भट्टराई र पुलिसका अश्विन पुलामी मगरले कास्य पदक जिते ।

७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण, नेपाल पुलिस क्लवका सुदेश दोंगले रजत, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित दंगोलले कास्य जितेका छन् ।

८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण, नेपाल पुलिस क्लवका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदक जिते ।

९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक, नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदक जिते ।

१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण, मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य पदक जिते ।

१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण, आर्मीका रन्जेश गोलेले रजत, वागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्य जिते ।

यस्तै महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण, एपीएफकी रत्ना तामाङले रजत तथा कर्णाली प्रदेशकी हिरा आचार्य र नेपाल पुलिस क्बलकी सोनिया भट्टले कास्य पदक जिते ।

५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण, आर्मीकै रोशना डंगोलले रजत, वागमती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्लवकी सपना राईले कास्य पदक जिते ।

५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण, नेपाल आर्मीकी सिमाकुमारी चिडीले रजत तथा नेपाल आर्मीकी सुस्मिता लावती र वागमती प्रदेशकी अञ्जु पाण्डेले कास्य पदक जिते ।

६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लिला अधिकारीले स्वर्ण, लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्बलकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक जिते ।

७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, वागमती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक जिते ।

७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण, आर्मीकी निर्मला घर्ती मगरले रजत, लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले कास्य जिते ।

७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण, नेपाल पुलिसकी पुजा राजवंशीले रजत, नेपाल पुलिसकी भावना घर्ती मगर र वागमती प्रदेशकी अस्मिता गोलेले कास्य जिते ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.