3 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) मा लामो समय कार्यरत रही खेलकुदको विकास र विस्तारमा खटिएका तीन प्रशिक्षक ह्याण्डबलका हिमाल दाहाल, क्रिकेटका जगत टमाटा र फुल कन्ट्याक्ट करातेका प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरि बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले उमेर हदका कारण मात्र प्रशिक्षकहरुको बिदाई भएको भन्दै खेलकुदको विकास र विस्तारमा उहाँहरुको सदा आवश्यकता रहेकाले उहाँहरुको अनुभवलाई आगामी दिनमा खेलकुदको विकासमा उपयोग गर्ने बताए ।
सदस्य सचिव घिसिङले उहाँहरुको क्षमता र अनुभवलाई हेर्दै नवौं राष्ट्रिय खेलकुदमा महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरेको र त्यस कार्यलाई उहाँहरुले सक्षमतापूर्वक सम्पन्न गरेको बताए ।
२०५० सालमा ह्याण्डबल प्रशिक्षकको भूमिकामा राखेप प्रवेश गरेका हिमाल दाहाल २०६८ सालमा नायव बरिष्ठ प्रशिक्षक, २०७० सालमा मुख्य प्रशिक्षक, २०७६ सालमा उपनिर्देशक हुँदै २०७९ भाद्र १३ गते निर्देशकमा पदोन्नती भएका थिए । उनको अनिवार्य अवकास २०७९ आश्विन १७ गते भएको थियो ।
यस्तै क्रिकेटका मुख्य प्रशिक्षक समेत रहेका जगत टमाटा २०७९ आश्विन ३० गते बाट अनिवार्य अवकास भएका थिए । टमाटा २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा परिषद्मा नियुक्त भएका थिए । २०६३ सालमा प्रशिक्षकको भूमिकामा पदोन्नती भएका टमाटा २०६८ सालमा मुख्य प्रशिक्षकको भूमिकामा पदोन्नती भएका थिए ।
यसैगरि अनिवार्य अवकास प्राप्त गर्ने अर्का फुटकन्ट्याक्टका सहायक प्रशिक्षक प्रेमनाथ श्रेष्ठले २०६५ सालमा परिषद्मा प्रवेश गर्दै २०७८ सालमा मुख्य प्रशिक्षकको भूमिका सम्हालेका थिए । उनको कार्तिक १३ गते अनिवार्य अवकास भएको थियो । अनिवार्य अवसकास प्राप्त प्रशिक्षकहरुले आफुहरु खेलकुदबाट टाढा नहुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]