default_image

2 years ago

November 14, 2022

युएईसँग नेपालको फराकिलो हार

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसकेपछि नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अर्जुन डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि नेपालको तेस्रो खेलाडी हुन् । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ५१ रन र कुशल मल्लले २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध टियु मैदानमा ५० रन बनाएका थिए । पाँचौं विकेटका लागि दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गरेका थिए ।

अर्जुन ३१ औं ओभरको पहिलो बलमा रोहन मुस्तफाको बलमा बोल्ड हुन पुगे । १७ वर्षीय स्पिनर आयन अफ्जल डेब्यू ओडिआईमा सानदार प्रदर्शन गर्दै चार विकेट लिएपछि युएईले सानदार जित हात पारेको हो ।

चोभार एण्डबाट बलिङ गर्दै डेब्यूको पहिलो बलमै आयनले आसिफ शेखलाई १२ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच हुन पुगे ।

आयनले नै नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट गरेपछि नेपाल ३२–३ रनको अवस्थामा पुगेको थियो ।

बासिल हामिदले हरिशंकर शाहलाई ८ रनमा स्टम्पिङ गराउँदै ४१–४ को अवस्थामा पुर्याए । कुशल भुर्तेल सातौं नम्बरमा ब्याटिङ गर्दै ६ रनमा फस्ट स्लिपमा सिपी रिजवानबाट क्याच आउट भए ।

भुर्तेललाई आउट गर्दै आयनले चार विकेट पूरा गरेका थिए । सोमपाल कामी र करण केसीले तीन तीन रन बनाए । गुलझन झा ३४ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे । ललित राजवंशी ६ रनमा अविजित रहे ।

युएईका आयन अफ्जल खानले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । बासिल हामिदले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । युएईका जहूर खान, रोहन मुस्तफा र अहमेद राजाले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।

युएईका बायाँ हाते अनुभवी ब्याटर रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए । मुस्तफाको यो ओडिआई करिअरको छैटौं र नेपालविरुद्ध दोस्रो अर्धशतक हानेका हुन् ।

टियु एण्डबाट आएका तीव्र गतिका बलर गुलशन झाले आक्रामक सुरुवात गरेका ओपनर मोहम्मद वासिमलाई ४४ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाए । वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

अन्तिम बलमा कभरमा युएईका कप्तान सिपी रिजवानको दुई रनमा कुशल भुर्तेलले उत्कृष्ट क्याच लिएपछि नेपालले एकै ओभरमा दुई विकेट लिएको थियो । पहिलो विकेटका लागि वासिम र वृत्य अरविन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

११ औं ओभरको चौथो बलमा नेपालले वृत्य अरविन्दलाई १८ रनमा रन आउट गर्न चुकेको थियो । नन स्ट्राइकबाट मोहम्मद वासिमसँग तालमेल नमिल्दा उनी पिचको आधा भागमा गएर फर्किदा नेपालले रन आउट गर्ने राम्रो अवसर चुकाएको थियो ।

चोभार एण्डबाट आएका स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २७ औं ओभरको पाँचौं बलमा एलबीडब्लू आउट गरे । अरविन्दले ८२ बलमा ६ चौकासहित ४० रनमा पेभेलिएन फर्के । तेस्रो विकेटका अरविन्द र रोहन मुस्तफाले ५२ रनको साझेदारी गरेका थिए ।

४२ औं ओभरको दोस्रो बलमा बासिल हामिद र एलिशान शराफुबीच तालमेल नमिल्दा दुबै ब्यार एकै एन्डमा दौडिएलका थिए । शारिफु २९ रनमा रन आउट भए । उनले ३९ बलमा २ चौका प्रहार गरे । बासिल हामी १६ बलमा १ चौकासहित १४ रनमा रन आउट भए ।

सातौं विकेटका लागि आयन अफ्जल खान र अहमेद राजाले ४८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । अन्तिम ओभरको चौथो बलमा रन आउट हुनुअघि खानले २८ बलमा १ चौका र १ छक्कासहित २६ रन बनाए । राजा १६ बलमा १ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.