default_image

2 years ago

November 16, 2022

खराब ब्याटिङसँगै संकटमा नेपाल

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै दोस्रो ओडिआई खेलमा युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल संकटमा पुगेको छ । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । आरिफ शेख ६ र गुलशन झा ५ रनमा क्रिजमा छन् ।

नेपालका कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा बोल्ड आउट भए । उनी स्पिनर रोहन मुस्तफाको योर्कर बलमा बोल्ड हुन पुगेका थिए । तीव्र गतिका बलर हजरत बिलालको पहिलो ओभरको चौथो बलमा ओपनर अर्जुन साउद शून्यमा थर्डम्यानमा सबिर अलीबाट क्याच आउट भए ।

बिलालकै पाँचौं ओभरको पाँचौं बलमा आसिफ शेख एज लागेर बासिल हामीदबाट ६ रनमा क्याच आउट भए । स्पिनर रोहन मुस्तफाको १३ औं ओभरको पाँचौं बलमा रोहित पौडेल ८ रनमा एलबीडब्लू आउट भए । स्वीप सट खेलेका रोहित गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।

ज्ञानेन्द्र मल्ल १८ औं ओभरको तेस्रो बलमा २६ रनमा रन आउट भए । नन स्ट्राइकमा ज्ञानेन्द्र आफैंले रनको लागि कल गरेपनि रोहन मुस्तफाले रन आउट गर्दै पेभेलिएनको बाटो देखाए । मल्ले ५९ बलमा ४ चौका हाने । दीपेन्द्रसिंह ऐरी स्पिनर बासिल हामिदको बलमा १३ रनमा बोल्ड आउट भए ।

त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएई पहिलो विकेटको पतनपछि भने राम्रो साझेदारी गर्न सकेन । आक्रामक सुरुवात गर्दै एक समय विशाल योगफलको सम्भावना देखाएपनि नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमै रोकेको हो ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.