3 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा ‘डेब्यु’ गरेको थियो ।
खेलाडीहरुमा श्रीराम श्रेष्ठ (कप्तान), विराट श्रेष्ठ (उप कप्तान), विक्रम पुरी, प्रशुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेस वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुत्तराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडु र सुमन चौलागाईं रहेका छन् ।
प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी ३ राष्ट्रको सहभागिता रहेको छ । नेपालले नोभेम्बर १९ र २२ मा क्रमशः भारत र बंगलादेशसंग खेल्ने छ । प्रशिक्षकमा टंकराज गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]