default_image

3 years ago

November 24, 2022

फुटबलर प्रिजेनलाई राखेप र कोषको सहयोग

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका फुटबल खेलाडी प्रिजेन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रिजेनले दिल्लीको अपोलो अस्पतालमा उपचार गराइ रहेका छन् । पहिलो चरणको ब्लड क्यान्सर भएका उनलाई २ पटक किमो दिइसकेको अझ २ पटक किमो दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रिजेन मंसिर १५ गते ‘फलो अप’ का लागि दिल्ली जाँदै छन् ।

कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा १ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । प्रिजेनको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.