3 years ago
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी गराएको छ ।
च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।
त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ ।
यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ ।लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।
च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।
क्लब च्याम्पियनसिपको अनुमानित बजेट झण्डै ४६ लाख रुपैया रहेको संघले जनाएको छ । यसमा मुख्य प्रायोजक नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मुख्य प्रायोजनबापत ३० लाख रुपैया प्रदान गर्ने र बाँकी रकम विभिन्न प्रायोजबाट परिपुर्ति गरिने संघले जनाएको छ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]