default_image

3 years ago

December 22, 2022

बंगलादेशसँग नेपालको हार

404 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आज (बिहीबार) देखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टाेली बंगलादेशसँग हार बेहोरेको छ ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाल घरेलु तथा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कप्तान धिरोज कुमार बस्नेत, रवि केसी, सफल विक र सेटर सम्राट भण्डारीले उत्कृष्ट खेल पस्कदा नेपालले बलियो मानिएको बंगलादेशलाई बलियो चुनौती पेश गरेको थियो ।

पहिलो सेटमा एक समय २–८ ले पछि रहेको नेपालले उत्कृष्ट पूनरागमन गर्दै १०–१० को बराबरी गर्दै १२–१० ले अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा नेपालले पहिलो सेट २४–२६ ले गुमाउन पुग्यो । २४–२४ को बराबरीको स्थितिमा नेपालले अंक बटुल्न सकेन ।

दोस्रो सेटमा एक समय ७–२ को आरामदायी अग्रतामा रहेको नेपालले त्यसलाई जोगाउन सकेन । बंगलादेशले १०–७ को स्थितिबाट लगातार ३ अंक जोड्दै खेललाई १०–१० को बराबरीमा ल्याउदै खेलमा पकड बनाउँदा नेपाल खेलमा फर्कन सकेन । त्यसपछि नेपाल १८–२१ ले पछि पर्यो । त्यसपछि नेपालले खेललााई २२–२४ को स्थितिमा ल्याएपनि बंगलादेशले अंक बटुलेपछि नेपालले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो ।

तेस्रो सेटमा पनि नेपालले बंगलादेशलाई बलियाे चुनाैती पेश गरेपनि पराजित हुन पुग्यो । नेपालले तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । आज नै किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले अब ८ पुसमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.