3 years ago
December 23, 2022
एजेन्सी – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ ।

घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि ३–१ को सेटमा जित निकालेको हो । बंगलादेशको यो लगातार दोस्रो जित हो । किर्गिस्तानको यो पहिलो हार हो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेट बंगलादेशले २४–२६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट किर्गिस्तानले २५–२१ ले आफ्नो पक्षमा पारेपछि खेल थप रोमाञ्चक बनेको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो सेटमा किर्गिस्तान जित नजिक पुगेर पनि गुमाउन पुग्यो । २४–२२ को बलियो अवस्थामा रहँदा खेलाडी परिवर्तन गरेपछि किर्गिस्तानले लगातार २ अंक गुमाएपछि खेल २४–२४ को बराबरी हुँदै २५–२५ को बराबरीमा पुग्यो । त्यसपछि बंगलादेशले लगातार २ अंक जोड्दै गुमाइसकेको सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

बंगलादेशले स्पाइकबाट अंक जोड्दै २६–२५ बनायो । त्यसपछि किर्गिस्तानका खेलाडीको स्पाइक जाली कट्न नसकेपछि बंगलादेशले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा २५–२३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ । पराजित किर्गिस्तानको दुई खेलबाट ३ अंक छ ।
शुक्रबारै भएको अर्काे खेलमा नेपालले श्रीलंकासँग ३–० को सोझो सेटमा हार बेहोरेको छ । नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट १८–२५ र तेस्रो सेट १७–२५ ले गुमायो । श्रीलंकाको पनि ३ अंक रहँदा लगातार दोस्रो हार बेहोरेको नेपाल अंक विहीन बनेको छ ।
अब शनिबार नेपाल र किर्गिस्तान तथा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।
राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]