3 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आज (शनिबार) किर्गिस्तानसँग खेल्दैछ ।

यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ ।
बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि बंगलादेश र श्रीलंकासँग ३–० को सोझो सेटमा हार बेहोरिसकेको छ ।
यता किर्गिस्तान नेपाललाई हराएर च्याम्पियनसिपमा दोस्रो जितको लक्ष्यमा हुनेछ । किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो ।

आज नै घरेलु टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश लगातार तेस्रो जित निकाल्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहने दाउँमा हुनेछ । श्रीलंका पनि दोस्रो जित निकाल्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।
राउन्ड रोविन लिगको दोस्रो चरणको खेल सकिदा बंगलादेश ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । श्रीलंका र किर्गिस्तानको समान ३ अंक रहेपनि श्रीलंका दोस्रो र किर्गिस्तान तेस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको नेपाल पुछारमा छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेको छ ।
राउन्ड रोविन लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]