3 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हुँदैछ ।

विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरान गल्फ क्लबमा हुने एनपिजिएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यवसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । यसमा धरान (स्थानिय) नै ७ प्रो गल्फर छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ छ । ३० डिसेम्वरसम्म ५४ होलसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैया प्राीत गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रुपैया हात पार्नेछन् । यस्तै चौथो देखि शीर्ष २१ पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रोतर्फ स्थानिय शुक्र बहादुर राईसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राज राई, सन्जय लामा र धन थापालाई मुख्य दावेदारको रुपमा हेरिएको छ । अन्तिम दिन १८ होलमा खेल हुनेछ ।
एनपिजिएका अध्यक्ष रविन्द्र मान श्रेष्ठले सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन प्रतियोगिता राम्रो रहेको धरानमा स्थानिय प्रो गल्फरहरुले राम्रो गर्नेमा आशावादी रहेको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]