default_image

3 years ago

December 26, 2022

काभा यू२३ भलिबल च्याम्पियनसिपमा नेपाल चौथो

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ ।

सोमबार तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकासँग ३–२ को सेटमा पराजित हुँदै चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल चौथो भएको हो । नेपालले श्रीलंकालाई बलियाे चुनाैती पेश गरेपनि जित निकाल्न सकेन ।

नेपालले च्याम्पियनसिपमा ५ खेल खेल्दा जितविहीन बन्यो । नोपलले च्याम्पियनसिपमा १५ सेट गुमाउँदा ४ सेटमा जित निकाल्यो । नेपालले राउन्ड रोविन लिगमा बलियो किर्गिस्तानसँग २ सेट जित्दै अंक बटुलेको थियो । त्यसपछि तेस्रो स्थानमा लागि भएको खेलमा श्रीलंकाविरुद्ध २ सेट जित्न सफल भयो ।

बंगलादेश ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपालले पहिलाे र चाैथाे सेटमा जित निकाल्दा दाेस्राे, तेस्राे र पाँचाै सेट गुमाउन पुग्यो ।

पहिलो सेटमा एक समय २०–११ को आरामदायी अग्रता बनाएको नेपालले २४–१७ ले अघि रह्यो । तर, त्यसपछि श्रीलंकाले लगातार ६ अंक जोडेर २४–२२ को स्थितिमा ल्याएपनि नेपालले एक अंक बटुल्दै पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट पछि परेको नेपालले १९–२५ ले सेट गुमाउन पुग्यो । तेस्रो सेटमा सुरुवातदेखि नै पछि परेको नेपालले पूनरागमनको प्रयास गरेपनि १९–२५ ले नै सेट गुमाउन पुग्यो ।

प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा ११–११ को बराबरीबाट अघि बढेको नेपालले १९–१३ को अग्रता जोगाउँदै २५–२० ले सेट आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले लगातार ५ अंक गुमाउँदा सेट पनि १०–१५ ले गुमाउँदै पराजित हुन पुग्यो ।

आज नै उपाधिको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा बंगलादेश अपराजित एक्लो टोली हो । किर्गिस्तानले बंगलादेशसँग नै ३–२ को सेटमा पराजित भएको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.