3 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको थियाे ।
एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप ११ देखि १६ पुससम्म आयोजना हुँदैछ । पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडीले नेपालको चुनौती पेश गर्नेछन् ।
पुरुषतर्फ मान र दिलको जोडी र महिलातर्फ कोपिला र कमलाको जोडी खुल्ला र अन्तिम छनोटमा पहिलो भएर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

प्रशिक्षकमा भरत साह र व्यवस्थापकमा जुनु पुन रहेका छन् । बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन ।
बिच भलिबल टोली
पुरुषतर्फ – मान बहादुर श्रेष्ठ र दिल सुनार
महिलातर्फ – कोपिला उप्रेती र कमला पुन भरत साह (प्रशिक्षक) र जुनु पुन (टिम व्यवस्थापक)
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]