3 years ago
December 26, 2022
एजेन्सी – घरेलु टोली बंगलादेश अपराजित रहँदै बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनलमा किर्गिस्तानमाथि ३–२ को सेटमा जित निकाल्दै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । राउन्ड रोविन लिगमा पनि बंगलादेशले किर्गिस्तानमाथि ३–२ कै सेटमा जित निकालेको थियो ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा बंगलादेशले किर्गिस्तान र नेपाललाई दुई पटक तथा श्रीलंकालाई एकपल्ट हरायो । बंगलादेश ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनलको पहिलो सेट बंगलादेशले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

त्यसपछिको दुई सेट १५–२५ र २२–२५ ले गुमाएको बंगलादेशले चौथो सेट २५–१९ ले जित्दै खेलमा फर्किएको थियो । निर्णायक तथा पाँचौ सेटमा १८–१६ को प्रतिस्पर्धात्मक जित निकाल्दै बंगलादेश च्याम्पियन बन्न सफल भयो ।
सोमबार नै नेपाललाई ३–२ को सेटमा हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ । श्रीलंकाले नेपालमाथि २२–२५, २५–२५, २५–१९ र १५–१० को सेटमा पराजित भयो ।
चार टोली सहभागी च्याम्पियनसिपमा चौथो भएको नेपालले च्याम्पियनसिपमा ५ खेल खेल्दा १५ सेट गुमाउाद्या चार सेट जित्न सक्यो । नेपालले राउन्ड रोविन लिगमा बलियो किर्गिस्तानसँग २ सेट जित्दै अंक बटुलेको थियो । त्यसपछि तेस्रो स्थानमा लागि भएको खेलमा श्रीलंकाविरुद्ध २ सेट जित्न सफल भएको थियो ।

पुस ७ गतेबाट शुरु भएको च्याम्पियनसिपमा चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोलीले राउन्ड रोविन लिग र त्यसपछि चारै टोलीले सेमिफाइनल खेल्ने मौका पाएको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]