3 years ago
December 27, 2022
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् ।

पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् ।
३–अन्डर ६७ मा पहिलो १८ होलको खेल सकाएका भुवन नगरकोटी चौथो स्थानमा रहदा इभन–पार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा रहेका छन् ।
एमेच्योर गल्फर राजकुमार राई १–ओभर ७१ सहित छैटौ स्थानमा छन् । यसैगरी २–ओभर ७२ को स्कोरमा सात व्यवसायिक खेलाडीहरु रबि खड्का, रमेश अधिकारी, रामे मगर, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राईले सातौ स्थान बाडेका छन् ।
लिडर निरजले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ६–अन्डर ३० मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ, छैटौ र सातौ होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि आठौ होलमा बोगि खेपेका उनले चार पारको नवौ होलमा इगल प्रहार गरे। ब्याक नाइनको सुरूवाती तीन होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट स्कोरतर्फ अग्रसर भएपनि १३औं, १४औं, १७औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन उनले १–ओभर ३५ मा पुरा गरे ।
नेपाल नम्बर एक शुक्रले १–अन्डर ३५ मा फ्रन्ट नाइनको खेल सकाउदा ब्याक नाइनमा ३–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। सुरूवाती दुई होलमा बोगी खेपेका उनले पाँचौ, छैटौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं, १३औं, १५औं र १८औं होलमा एक–एक सट बचाए भने १४ औं होलमा बोगी खेपे ।
यसैगरी सञ्जय लामाले फ्रन्ट नाइट ३–अन्डर ३३ मा पुरा गर्ने क्रममा दोस्रो, पाँचौ र छैटौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं,१६औं र १८औं होलमा एक–एक सट बचाए । तर १३औं र १४औं होलमा लगातार दुई बोगी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका रूपेन्द्र गुरूङ र युवराज भुजेलले ३–ओभर ७३ को कार्ड बनाए । उनीहरू प्रोफेसनल गल्फर धन बहादुर थापासँग संयुक्तरुपमा १४औं स्थानमा रहेका छन् ।
प्रो दल बहादुर लामा, थाम बहादुर राई, दीपक आचार्य र भुवन कुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्र राज राई र सुन्दर राई संयुक्तरुपमा १७औं स्थानमा रहेका छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यवसायीक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने छन् ।
कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]