default_image

9 months ago

January 11, 2023

फ्रेन्ड्स र भनिमण्डल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स भेट्रान्स र भनिमण्डल भेट्रान्स ‘बी’ ले प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगितामा विजयी भएका छन् । जावलाखेलस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा फ्रेन्ड्स भेट्रान्सले चावाहिल भेट्रान्सलाई २–१ ले पराजित गरेको हो । यस्तै भनिमण्डल भेट्रान्स ‘बी’ टिवाइसी भेट्रान्सलाई १–० ले पराजित गरेको छ । यस्तै जेभियर (टिम भेट्रान्स) ले कुमारी […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स भेट्रान्स र भनिमण्डल भेट्रान्स ‘बी’ ले प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगितामा विजयी भएका छन् ।

जावलाखेलस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा फ्रेन्ड्स भेट्रान्सले चावाहिल भेट्रान्सलाई २–१ ले पराजित गरेको हो । यस्तै भनिमण्डल भेट्रान्स ‘बी’ टिवाइसी भेट्रान्सलाई १–० ले पराजित गरेको छ ।

यस्तै जेभियर (टिम भेट्रान्स) ले कुमारी क्लबलाई १–० ले पराजित गरेको छ । अभिषेक चर्च भेट्रान्सले लाजिम्पाट एफसी भेट्रान्सलाई ३–० ले पराजित गरेको छ । आइएफसी भेट्रान्सले टुडिखेल भेट्रान्सलाई २–०, ओखाद भेट्रान्सले प्ले अन स्पोर्ट्स (बीबीसी) लाई ३–२, र फ्रिडम फाइटले वीरगन्ज भेट्रान्सलाई ३–१, चितवन भेट्रान्सले कपन भेट्रान्सलाई १–० ले पराजित गरेको छ ।

भनिमण्डल क्लब र कुसुन्ती युवा क्लबको संयुक्त आयोजनामा पुस २६ गते मंगलबारबाट शुरु भएको प्रतियोगितामा ३२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिता पुस ३० गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५ हजार पाउनेछ । म्यान अफ दि सिरिजले बुद्ध एयरको माउन्टेन फ्लाइट, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि म्याच शिल्डको व्यवस्था गरिएको छ ।

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

Success

Thank you for your time.