9 months ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुई टोलीसँगै जोरपाटी एफसी र अभिषेक चर्च प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । जावलाखेलस्थित फुटबल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलमा फ्रिन्डम फाइटरले कोतासे भैरवलाई ६–० को फराकिलो अन्तरले पराजि गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यस्तै आयोजक भनीमण्डललाई २–० ले पराजित गर्दै जोरपाटी […]
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुई टोलीसँगै जोरपाटी एफसी र अभिषेक चर्च प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
जावलाखेलस्थित फुटबल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलमा फ्रिन्डम फाइटरले कोतासे भैरवलाई ६–० को फराकिलो अन्तरले पराजि गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यस्तै आयोजक भनीमण्डललाई २–० ले पराजित गर्दै जोरपाटी एफसीले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । फ्रिन्डम फाइटरको अर्काे टोलीले ओकाद भेट्रान्सलाई ३–० ले पराजित गरेको छ ।
अर्काे क्वाटरफाइनलमा अभिषेक चर्च नवलपुरले जेभियर भेट्रान्सलाई २–० ले पराजित गरेको छ । सेमिफाइनल र फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।
अन्तिम दिन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर वडा नम्वर १३ का गणेक केसी, वडा नम्वर ४ का सन्तोष खड्का र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ अतिथि रहने आयोजकले जनाएको छ ।
पुस २६ गते मंगलबारबाट शुरु भएको प्रतियोगितामा ३२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको छ ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५ हजार पाउनेछ ।
म्यान अफ दि सिरिजले बुद्ध एयरको माउन्टेन फ्लाइट, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि म्याच शिल्डको व्यवस्था गरिएको छ ।
October 1, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै […]
September 29, 2023
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सविता ह्यान्जु र विकिन जोशी राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सविता र विकिन नेपालको स्टङगेस्ट एथलेटको उपाधीसहित समान ३७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको दुई दिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा […]