3 years ago
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ ।

महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् । महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते भित्र विधान बमोजिम गरी माघ २० गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली बुझाइ सक्नु पर्ने छ ।
त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ २० देखि २५ गते भित्र विधान बमोजिम सम्पन्न गरी माघ २८ गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली पठाउनु पर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]