8 months ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । फुटसल फागुन २४ र २५ गते भृकुटिमण्डपमा हुनेछ । ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फागुन […]
काठमाडौं (हाम्रो खेलकुद) – सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । फुटसल फागुन २४ र २५ गते भृकुटिमण्डपमा हुनेछ ।
ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फागुन २६ देखि २९ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा पुरुष-महिला सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।
दुवै खेलको नगद पुरस्कार राशी जम्मा २ लाख २५ हजार रुपैयाँ रहेको छ । विभिन्न संस्थानका प्रतिस्पर्धीको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ७८ हजार रुपैयाँ खर्च हुने पेस्डानले जनाएको छ ।
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]
September 19, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]