default_image

3 years ago

January 31, 2023

म्याग्दी भलिबल कपलाई गौमतीको २० लाख प्रायोजन

525 views

0 Bookmark

म्याग्दी (हाम्रो खेलकुद) – भलिबलको उर्वर भुमि म्याग्दी जिल्लामा उमेर समूहको छात्र र छात्रा अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न जिल्ला भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषबीच १० वर्ष लामो सम्झौता भएको छ ।

म्याग्दी जिल्ला भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

१० वर्षे सम्झौतासँगै गौमती विकास अक्षय कोषले वार्षिक २ लाख रुपैयाँका दरले २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । यससँगै गौमती विकास अक्षय कोष अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिबल प्रतियोगिताको मुख्य प्रायोजक हुनेछ ।

म्याग्दी भलिबल संघका अध्यक्ष बानियाँले अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र र छात्रा भलिबल प्रतियोगितासँगै विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले बार्षिक २ लाख रुपैयाँका दरले १० वर्षसम्म २० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको जानकारी गराए ।

सम्झौतासँगै म्याग्दी जिल्ला भलिबल संघले प्रत्येक वर्ष उमेर समूहको छात्र र छात्रा अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्नुपर्नेछ । प्रतियोगिता म्याग्दी भलिबल कपको नामबाट हुनेछ ।

पुरस्कार राशि आयोजकले राख्दै प्रतियोगिताको पुरस्कारसहितको ब्यवस्थापनमा सह प्रायोजक थप्न सकिने सम्झौतामा उल्लेख छ । सम्झौता यसैवर्षबाट शुरु भएपनि प्रतियोगिता भने वि.स. २०८० पुस ५ गतेबाट हुनेछ।

‘म्याग्दीमा आधिकारिक रुपमा विद्यालय स्तरको भलिबल प्रतियोगिता नभइरहेको अवस्थामा दीर्घकालीन योजनाका साथ म्याग्दीमा रहेका नयाँ युवा वर्गलाई लक्षित गर्दै यस कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष बानियाँले बताए ।

‘युवाहरुलाई खेलको माध्यमबाट अनुशासित, स्वस्थ्य र दक्ष बनाई समाजमा भएका विसंगतिलाई न्युनिकरण गर्ने पनि हाम्रो प्राथमिकता हो ।’ अध्यक्ष बानियाँले भने, ‘गोमतीसँग १० वर्षको सम्झौता भएपनि निरन्तर सहकार्य गरी प्रतियोगितालाई म्याग्दीमा भलिबलको क्रेजलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

उनले नेपाल भलिबल संघलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मात्रै नहेरी जिल्ला भलिबल संघलाई पनि चासो दिन अनुरोध गर्दै यस प्रतियोगिताबाट छनोट भएका प्रतिभावान् खेलाडीलाई दक्ष प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिने बताए ।

‘गाैमती हाम्रो मुख्य प्रायोजक रहनेछ । हामी सह प्रायोजक पनि खोज्दै प्रतियोगितालाई उत्कृष्ट बनाउने छौं । म्याग्दी भलिबल कप विद्यालय स्तरको भलिबलको लागि विश्वकप जस्तै बनाउने लक्ष्य छ ’ अध्यक्ष बानियाँले भने, ‘नवौं राष्ट्रिय खेलकुदमा महिलातर्फको भलिबललाई उत्कृष्ट बनाएका थियौं । संघको आफ्नै कार्यालय पनि स्थापना गरिसकेका छौं । म्याग्दीको ६ पालिकामा भलिबल समिति गठन भइसकेको छ । जिल्लाहरु मध्येमा उत्कृष्ट बन्ने लक्ष्य छ ।’

म्याग्दी भलिबल संघका अध्यक्ष बानियाँ भलिबल प्रशिक्षक समेत हुन् । उनले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीको प्रशिक्षसँग टिप टप हेल्प नेपालको प्रशिक्षण सम्हालिसकेका छन् । उनले भारतको बैंगलोरबाट सन् २०१९ मा सर्टिफिकेट लेभल कोर्ष, तीन महिने एनएस प्रशिक्षण र तीन महिने प्रशिक्षक कोर्ष गरिसकेका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.