default_image

1 year ago

February 4, 2023

देवसिस र मार्तालाई स्वर्ण

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।

सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे ।

गल्र्सको उपाधि भिडन्तमा मार्ताले आफ्नै बहिनी मराल्गुलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन् । गल्र्स डबल्समा भने दिदीबहिनी मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेको थियो ।

ब्वाइज डबल्समा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी पहिलो भएको थियो । विजेतालाई आयोजक नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

छ दिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज-गल्र्स गरी ६४ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

त्यसका लागि छनोट प्रतियोगिता शनिबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । ब्वाइज-गल्र्समा समान ३२–३२ खेलाडी छनोट हुने छन् ।

June 15, 2024

कुशलले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिए

किङ्कटाउन (हाम्रो खेलकुद)– नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा कप्तान एडियन मार्कक्रमलाई बोल्ड गराएपछि दक्षिण अफ्रिका ६८/२ मा छ । दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा मध्यम सुरुवात गरेको छ । १० ओभरको समाप्तीमा दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा ५७ रन बनाएको छ […]

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

June 9, 2024

अष्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – अष्ट्रेलियाले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक […]

Success

Thank you for your time.