3 years ago
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको विरासत तोड्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब पहिलोपटक केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

डायमण्डले यसअघिको सबै पाँच पल्टको च्याम्पियन नेपाल एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अपराजित रहेर पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । डायमण्ड पहिलोपटक फाइनल पुगेको अवसरमा नै च्याम्पियन बनेको हो ।
यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र पुलिसले फाइनल खेल्दा पाँचौमा एपिएफ र आर्मीले फाइनलमा प्रतिस्पर्धामा गरेका थिए । सबै पाँच संस्करणमा एपिएफनै च्याम्पियन बनेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलमा डायमण्डले पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटमा २४–२१ ले अघि रहेपनि डायमण्डले लगातार अंक गुमाएपनि सेट जित्न सफल भयो ।
दोस्रो सेट डायमण्डले २१–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा एक समय १६–६ को आरामदायी अग्रता लिएपनि लगातार १० अंक गुमाउन पुगेपनि डायमण्ड २५–२२ ले विजयी हुन सफल भयो । डायमण्डले २०–२० को बराबरीबाट अग्रता लिदै जित निकाल्न सफल भयो ।

चौथो सेटमा सुरुवातदेखि नै पछि परेको डायमण्डले २४–२६ ले गुमाउन पुग्यो २०–२१ को अवस्थामा एपिएफकी स्पाइकर निरुता ठगुन्ना स्पाइक गरेर ल्यान्डिङ गर्ने क्रममा घाइते हुन पुगेकी थिइन् ।
निर्णायक तथा पाँचौ सेटमा ३–३ को बराबरीमा अग्रता लिएर डायमण्डले १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । डायमण्डकी प्रगतिनाथ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र ट्रफी जितिन् ।
च्याम्पियन बनेसँगै डायमण्डले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उपविजेता एपिएफले १ लाख ५० हजार प्राप्त गरेको छ । तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ हात पारेको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एपिएफ, आर्मी, पुलिस र डायमण्डले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । डायमण्डले लिग चरणमा पनि एपिएफलाई ३–१ को सेटमा हराएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]