3 years ago
February 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले पराजित गरे ।
फाइनलमा अकी र आरभको भेट भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडीसंग हुनेछ । भारतीय जोडीले भारतकै प्रणव कोराडे र स्मिट निलेशभाइ पटेलको जोडीलाई ६–७, ६–३ र १०–४ ले हराएका थिए ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स डबल्सको फाइनलमा सर्किट– १ का विजेता दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीले बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो तथा भारतका सेहज, प्रत्यश र देबशिष सेमिफाइनलमा पुगे । गल्र्स डबल्समा बेल्जियमकी क्यामिली, मंगोलियाका मार्ता र मराल्गु तथा चीनकी झाङ क्विन वेइले सेमिफाइनलमा स्थान पक्का गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]