default_image

1 year ago

February 11, 2023

आर्मीलाई उपाधि

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले पाँचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । आर्मीकी सीतामाया बल र सरस्वती तामाङले गोल गरे । लुम्बिनीकी अन्नया बरुवालले गोल फर्काइन् ।

लुम्बिनीकी पूजा कुमारी उत्कृष्ट खेलाडी, लुम्बिनीकी प्रतिमा सरोज उत्कृष्ट गोलरक्षक तथा आर्मीकी हिमाली थापा उत्कृष्ट डिफेन्डर घोषित भए ।

विजेतालाई मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, नेपाल हक्की संघका उपाध्यक्ष अनिल शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा आर्मी र ६ प्रदेश गरी ७ टिम सहभागी थिए ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

Success

Thank you for your time.