7 months ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित ग¥यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे । त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल […]
काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित ग¥यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे । त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
माउन्ट सेबले विद्या विकासलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । कौतिल्यले मोनास्टिकमाथि ३–० को सहज जित दर्ता ग¥यो ।
कौतिल्यका पदमराज खड्का, दिलसन श्रेष्ठ र सन्देश राउतले १–१ गोल गरे । नेक्ससले टाइमलाइनलाई २–१ गोलले पाखा लगायो ।
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]
September 19, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]