default_image

1 year ago

February 17, 2023

स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा […]

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । दीपेन्द्रको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रन थियो ।

सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे । सोमपालले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

बायाँ हाते अलराउन्डर कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले । कुशल मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर पेभेलिएन फर्किनु परेको थियो । त्यसअघि कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए ।

कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा थिए । कुशलको यो करिअरको दोस्रो ओडिआई अर्धशतक हो । कुशलको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले १ सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए ।

तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट हुन पुगे । कुशल भुर्तेलले ८ बलमा ४ चौका हान्दै आउट भएका थिए ।

चौथो बलमा ज्ञानेन्द्र मल्ल एज लागेर क्रसबाटै ६ रनमा क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।

कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि गुलशन झा र दीपेन्द्रले ४३ रनको साझेदारी गरेका थिए । माइकल लिस्कको बलमा गुलशन १६ रनमा कट एण्ड बोल्ड आउट भए ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक थियो । एक समय २४.२ ओभरमा १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा उत्कृष्ट शतक प्रहार गरेका थिए ।

स्कटल्यान्डलाई माइकल लिस्क र ज्याक जार्विसले सातौं विकेटका लागि ८१ रनको साझेदारी गरेपछि खेलमा उत्कृष्ट पूनरागमन थियो । ४० औं ओभरको तेस्रो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले डेब्यू खेल ज्याक जार्विसलाई २६ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए ।

उनले ३८ बलमा १ चौका र १ छक्का हानेका थिए । आठौं विकेटका लागि मार्क वाटसँग माइकल लिस्कसले ७६ रनको साझेदारी गरेका थिए । मार्क वाट ३१ बलमा २० रनमा रन आउट भए ।

टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । कुशलले नै म्याकबड्रीलाई २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिँदै धरासयी बनाएका थिए ।

सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे । कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए ।

लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको थियो । तर त्यो अवस्थाबाट भने नाटकीय रुपमा पूनरागमन गरेको थियो।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.