3 years ago
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बुधबार आफ्नो समूहको दोस्रो तथा अन्तिम खेलमा ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
डायमण्डले ब्राइट फ्युचरमाथि २५–९, २५–११ र २५–९ को सोझो सेटमा जित निकाल्यो । यस जितसँगै डायमण्डले दुई खेलबाट ६ अंक बटुल्यो । ब्राइट फ्युचर र परोपकार आदर्श माविले अंकको खाता खोल्न सकेको छैन । अब बिहीबार यि दुईबीचको विजेता समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

बुधबारै समूह ‘क’ को खेलमा एभरेस्ट मावि बुटवलले धादिङ स्पोर्ट्स क्लब धादिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । एभरेस्टले धादिङमाथि २५–२२, २५–१४ र २५–११ को जित निकाल्न सफल भयो । यस जितसँगै एभरेस्टले एक खेलबाट ३ अंक जोडेको छ । दुई खेलबाट धादिङको ३ अंक छ ।
अर्काे खेलमा नमोबुद्ध नगरपालिका काभ्रेले दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५–१८, २५–२१ र २५–९ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । यस जितसँगै नमोबुद्धले ३ खंक बटुलेको छ । दुई खेल खेलेको दुप्चेश्वरले अंकको खाता खोल्न सकेको छैन ।

प्रतियोगिता अन्तरगत बुधबार लिग चरणको चार खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा एभरेस्ट र दुप्चेश्वर, दोस्रो खेलमा धादिङ र नमोबुद्ध, तेस्रो खेलमा परोपकार र ब्राइट फ्युचर तथा अन्तिम खेलमा एभरेस्ट र नमोबुद्धबीच खेल हुनेछ ।
फागुन १३ गतेसम्म हुने च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]