3 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर जेनिशा विश्वकर्मा बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भएकी छिन् ।

डायमण्डलाई च्याम्पियन बनाउन शानदार प्रदर्शन गरेकी उनी च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सर्वाेत्कृष्ट बनेसँगै जेनिशाले २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
शनिबार भएको फाइनलमा डायमण्डले एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।
यस्तै धादिङ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भएकी छिन् । उनले टोलीलाई तेस्रो बनाउन उच्च प्रदर्शन गर्दै मन जित्न सफल भएकी थिइन् ।

उदियमान बनेकी सजिनाले १५ हजार रुपैया र ट्रफी हात पारिन् । धादिङले ब्राइट फ्युच मावि सलकपुर मोरङलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
डायमण्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, डायमण्डकै प्रगति नाथ सेटर, डायमण्डकै एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।
एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित भइन् । उनीहरु सबैले समान १० हजार रुपैया र ट्रफी प्राप्त गरे ।
खेलाडीलाई पुर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला, चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, चन्द्रागिरि नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष श्री कृष्ण खत्री, वडा १४ का राजभाई महर्जन, वडा २ को भाईकृष्ण तामाङ, नेपाल सरकारको अधिवक्ता बसन्त नलामी, काठमाडौं जिल्ला समन्वय समितिको सदस्य सपना परियार र आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबका अध्यक्ष कुमार राईलगायतले पुरस्कृत गरे ।
९ फागुनबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट – जेनिशा विश्वकर्मा (डायमण्ड)
उदियमान – सजिना बुढाथोकी (धादिङ)
स्पाइकर – निशा चौधरी (एभरेस्ट)
सर्भर – सलिना बुढामगर (डायमण्ड)
सेटर – प्रगति नाथ (डायमण्ड)
ब्लकर – सोनिया बस्नेत (ब्राइट फ्युचर)
डिफेन्डर – एन्जिला प्रधान (डायमण्ड)
प्रशिक्षक – कुमार राई (डायमण्ड)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]