3 years ago
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् ।

मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने छन् । प्रशिक्षकमा कान्छा खड्गे रहेका छन् । टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । टोलीलाई नेपाल टेनिस संघकी सचिव मालिका राणा र सदस्य अजय विष्टले शुक्रबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाई गरे ।
नेपाली ब्राण्ड केटीएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कान्छा खड्गेले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागिता जनाउन पाउने उल्लेख गरे । प्रशिक्षक खड्गेले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक सुट, जुत्तालगायतको सामाग्री प्रायोजनको रुपमा सहयोग गरेको छ । यू–१४ गल्र्स विधाको यस प्रतियोगितामा नेपाल सहित १६ देशका खेलाडीले सहभागीता जनाउनेछन् ।
नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तराष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।
नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई शुक्रबारै एक छुट्टै कार्यक्रममा बिदाई गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मलेसियामा उत्कृष्ट नतिजा निकाल्ने गरी प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]