3 years ago
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाख्रिन तामाङ समाजको आयोजनामा यही शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव आयोजना हुने भएको छ ।

बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव चैत १८ गते शनिबार ललितपुर लगनखेलस्थित रिभाईभ लिजर पार्कको हलमा एक इभेन्ट्स पुरुष डबल्स हुने आयोजकले जानकारी गराएको छ ।
समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको आधारमा प्रतियोगिता खेल खेलाउन लागेको हो । जाति विशेषबाट टिम सहभागी हुन सक्ने र एक टोलीमा रहने दुई खेलाडीको उमेर जोड्दा कम्तीमा ८० वर्ष पुगेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
महोत्सवको विजेता, उपविजेता र तेस्रो हुने टिमलाई कप, मेडल, प्रमाणपत्र लगायत आकर्षक पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ । खेलाडीहरुलाई बिहानको खाजा र खानाको व्यवस्था गरिएको छ ।
नेपालमा हजारौ वर्षदेखि आदिवसी जनजाति समुदाय लगायत अन्य जाति फरक–फरक भाषा, सस्ंकृति, परम्परा, भेषभुषा, धर्म तथा पहिचानले उकआपसमा मिलेर सद्भावपुर्ण तरिकाले बसोबास गरिरहेको र यो महोत्सवले अझै सद्भाव बढ्दै जाने उद्देश्य राखेर यस प्रकारको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक तथा समाजका अध्यक्ष शुव्रm पाख्रिनले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]