3 years ago
April 6, 2023
विराटनगर (हाम्रो खेलकुद) – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १३–० फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीका रोमन रानाले ६, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ गोल, रंजित राउत, देवसिंह धामीले समान १ गोल गरे । आर्मीका रोमन राना म्यान अफ द म्याच भए ।
पुलिसले गण्डकी प्रदेशलाई ८–० ले पराजित गरेको छ । पुलिसका लागि महेश धामीले ५, आयुष साह, केशव जोशी र रोहित लामाले समान १ गोल गरे । महेश धामी म्यान अफ द म्याच भए ।
कोशी र मधेस प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कोशीका विसु घिमिरे र मनोज चौधरीले गोल गर्दा मधेसका पंकज दाहाल र राहुल साहले गोल गरे । कोशीका मनोज चौधरी प्लेयर अफ द म्याच भए ।
यस नतिजासँगै आर्मी दुई खेलमा ६ अंक जोडेर शीर्षस्थानमा छ । पुलिसले एक खेलबाट ३ अंक जोडेको छ । कोशी र मधेसले समान १ अंक जोडेका छन् ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]