3 years ago
April 7, 2023
विराटनगर (हाम्रो खेलकुद) – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो ।
सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका बिसु घिमिरेले एक गोल फर्काए । महेश नेपाली नै खेलको म्यान अफ द म्याच भए ।
त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । पुलिसका रोहित लामाले दुई तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान एक गोल गरे । भरत खत्री म्यान अफ द म्याच भए ।
समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बी’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोशीको समान १ अंक छ । शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]